nmb bank

गृहपृष्ठ मधेश प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा सुनुवाइ हुँदै

मधेश प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा सुनुवाइ हुँदै

मधेश प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा सुनुवाइ हुँदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध दायर भएको रिटमा आज सुनुवाइ हुने भएको छ। मुख्यमन्त्री यादवको नियुक्ति प्रक्रियाविरुद्ध ७४ सांसदहरूले दायर गरेको रिटमाथि सुनुवाइका लागि न्यायाधीश तिल प्रसाद श्रेष्ठर नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको छ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन भएपछि मधेश प्रदेशका ७४ सांसदहरूले अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

मुख्यमन्त्री यादवविरुद्ध परेको अर्को रिटको सुनुवाइका क्रममा सर्वोच्चले दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश जारी गरेको छ।

रक्कीप्रसाद साह र सुजित यादव समेतले गैरसंवैधानिक तरिकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गरेको र त्यसलाई खारेजु गर्नुपर्ने माग दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्।

मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेशसभालाई रिटमा विपक्षी बनाइएको छ। संविधानको धारा १६८ को उपधारा (२) जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ।

प्रकाशित समय : ११:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु