कांग्रेस महामन्त्री गगन थापाद्वारा छठ पर्वको शुभकामना, यस वर्ष सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी
वि.सं.२०८२ कात्तिक १० सोमवार १०:५७
shares
बौद्धिक पेशाकर्मी अभियान परिषदद्वारा काठमाडौँमा मङ्गलबारआयोजित नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान, चियापान एवं भेटघाट कार्यक्रममा मन्तव्य राख्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । तस्बिर : गोपाल दाहाल/रासस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै यस वर्ष दशैं, तिहार र नेपाल संवत्का साथै छठ पर्वका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसकेको जानकारी दिए ।
थापाले काठमाडौं र मधेशका छठ पर्व आयोजकहरूलाई निम्तो दिएकोमा आभार व्यक्त गर्दै क्षमायाचना पनि गरेका छन् । उनले लेखेका छन्, ‘मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु । यो वर्ष सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु ।’
महामन्त्री थापाले आगामी वर्ष सबैसँग मिलेर छठ पर्व मनाउने इच्छा व्यक्त गर्दै छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस् भन्ने शुभकामना पनि दिएका छन् ।
























