global ime bank Long Banner Ad

गृहपृष्ठ नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी

नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी

नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी

बाजुरा । बाजुराको पुर्वि उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा लगाईएको ताला खोलिएको छ । स्थानीयहरूका माग एक हप्ता भित्र सुनुवाइ हुने निर्णयका साथ ताला खोलिएको हो ।

स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै युवाहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। कोल्टीमा खानेपानी र विद्युत सेवालाई चुस्त बनाउन माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

युवाहरुले कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका थिए तर नगरपालिकाले एक हप्ता भित्र माग पूरा गर्ने निर्णय अनुसार ताला खोलेको छ ।
ताला खोलिनु पुर्व तालाबन्दी कर्ता र नगर उपप्रमुख राम बहादुर बोहरा बिच छलफल भएको थियो । छलफल पश्चात् एक हप्ता भित्र माग पूरा गर्ने निर्णयका साथ ताला खालिएको हो । एक हप्ता भित्र माग सुनुवाइ भएन भने पुनः तालाबन्दी गर्ने समेत युवाहरूको चेतावनी दिएका छन् ।

कोल्टीमा दुई दशक पहिला नै विद्युत बने पनि जुड्डीगार्ड लघुजलविद्युत आयोजनाको नहर बेला बेला भत्किने र विजुली समेत अनियमित भइरहने हुँदा स्थानीयले सास्ती खेप्न बाध्य छन् । जसले गर्दा मोबाईल चार्ज गर्न समेत उनीलाई सामुदायिक रेडियोमा लाईन लाग्नु पर्ने अवस्था छ।
स्थानीय जनता मुहान अभावले खानेपानीको समस्या भोग्न बाध्य छन् । नगरपालिका पछिल्लो समय विद्युत र खानेपानीको दीगो व्यवस्थापन गर्न जिम्मेवार बनेको देखिन्छ। विजुलीको लागि केन्द्रीय प्रशारण लाइन जडानको अन्तिम तयारीमा पुगेको छ भने खानेपानीका लागि पनि बृहत योजना अघि बढाइएको छ ।

प्रकाशित समय : ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु