गृहपृष्ठ झोलुङ्गे पुल निर्माणपछि एक सय ५६ परिवार लाभान्वित

झोलुङ्गे पुल निर्माणपछि एक सय ५६ परिवार लाभान्वित

झोलुङ्गे पुल निर्माणपछि एक सय ५६ परिवार लाभान्वित

तनहुँको भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माणपश्चात् आवतजावतमा सहज भएको छ ।

पुल अभावमा समस्या भोगिरहेका यस भेगका जनताको माग सम्बोधन गर्दै यहाँ गत वर्षको असारमा पुल निर्माण गरिएको थियो । भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम र गण्डकी प्रदेश सरकारको सहयोगमा भानु नगरपालिका–१ साखेटार र वडा नं ५ ढाँडखोला जोड्ने गरी पुल निर्माण गरिएको हो ।

सङ्घीय सरकारको ८५ प्रतिशत, स्थानीय सरकारको १३ र  स्थानीय उपभोक्ताको दुई प्रतिशत साझेदारीमा पुल निर्माण गरिएको भानु नगरपालिका–५ का वडाध्यक्ष नहकुल अधिकारीले जानकारी दिए । कूल ७१ लाख ३१ हजार ५१८ को लागतमा पुल निर्माण गरिएको हो ।

यसमा नगरपालिकाबाट नौ लाख ३० हजार ४९७, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रमबाट ५४ लाख ७९ हजार ४६, गण्डकी प्रदेश सरकारबाट पाँच लाख ८२ हजार ७४४ र स्थानीय उपभोक्ताबाट एक लाख ३९ हजार २३० लागत साझेदारी रहेको छ ।

एक सय २० मिटर लम्बाइको पुल निर्माणपछि यहाँका एक सय ५६ घरका नौ सय ३६ जना लाभान्वित भएका छन् ।

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु