global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनीका ६ जिल्लामा भोली सार्वजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्वजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले भोली यस प्रदेशमा सार्वजनिक बिदा दिएको छ । थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको हो ।

थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।

यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ। यो पर्व पश्चिममा थारू समुदायले भव्यताका साथ मनाउँछन् ।

प्रकाशित समय : ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु