गृहपृष्ठ ढोरपाटनको ढोरबराह मन्दिर (तस्बिरहरू)
ढोरपाटनको ढोरबराह मन्दिर (तस्बिरहरू)
ढोरपाटन नगरपालिका–०५, उत्तरगंगा, बागलुङमा अवस्थित ढोरबराह मन्दिर धार्मिक आस्थाको प्रमुख केन्द्र मानिन्छ। मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धालुहरू यहाँ भाकल गर्न आउने गर्दछन्।
विशेष गरी सयौंको संख्यामा भेडाको पाठाको बलि चढाउने परम्परा अझै जीवित छ। ढोरबराह मन्दिर ढोरपाटन शिकार आरक्षको क्षेत्रभित्र पर्दछ। यस क्षेत्रमा ढोरबराह मन्दिर बाहेक पनि अन्य धार्मिक स्थलहरू रहेका छन्, जस्तै—सल्यानथान देवी, मैकोटको कोट, गुर्जाखानीको बराहथान, चिसापानी थान, र भण्डारी गाउँको सिम–बराह। विशेष गरेर जनैपूर्णिमाको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्छ, जसमा टाढाटाढाबाट भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। यो मन्दिर उत्तरगंगा नदीको उद्गमस्थल पनि हो ।
प्रकृति, संस्कृति र आस्थाको संगमस्थल ढोरबराह मन्दिर पर्यटक र भक्तजन दुबैको आकर्षण बनेको छ।
तस्बिरहरू : टार्जन लिम्बु
प्रकाशित समय : ०८:४८ बजे



















