global ime bank Long Banner Ad

गृहपृष्ठ संवैधानिक परिषद्सम्बन्धी विधेयकमा राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

संवैधानिक परिषद्सम्बन्धी विधेयकमा राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

संवैधानिक परिषद्सम्बन्धी विधेयकमा राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

प्रतिनिधिसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत गरेको छ । सभाको आजको बैठकले उक्त संशोधन बमहुमतबाट स्वीकृत गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट रक्षामन्त्री मानवीर राईले उक्त संशोधनउपर विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विधेयकमा राम्रो सुझाव र सल्लाह प्राप्त भएको बताए । “राष्ट्रियसभाबाट प्राप्त सुझाव राम्रो छ, छलफलमा सहभागी भई सुझाव दिनुभएकामा सबै सांसदलाई धन्यवाद र संशोधन स्वीकृत गरिदिनुहुन अनुरोध गर्दछु”, उनले भने ।

सो विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि यही असार २४ गते प्रतिनिधिसभामा छलफल भएको थियो । दुवै सदनबाट पारित भइसकेको सो विधेयक अब प्रमाणीकरणको प्रक्रियामा जानेछ । प्रतिनिधिसभाको अर्को बैठक यही असार २९ गते अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित समय : १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु