global ime bank Long Banner Ad

गृहपृष्ठ हिकारु गौतम फाउडेशन द्वारा गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण

हिकारु गौतम फाउडेशन द्वारा गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण

हिकारु गौतम फाउडेशन द्वारा गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं । अमेरिकामा ज्यान गुमाएका हिकारु गौतमको स्मृतिमा निमार्ण भएको हिकारु गौतम फाउडेशनले आज शसस्त्र प्रहरी बल विपद व्यवस्थापन महाशाखा हलचोकलाई गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

बुधबार सभामुख देवराज घिमिरेको उपस्थितिमा हिकारु गौतम फाउडेशनले गोताखोरका आवश्यक सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले युवा वर्ग कुनै न कुनै ढङगले बाहिर गइरहेका र नेपाल नफर्कने प्रवृति बढिरहेको बताए ।

उनले भने, ‘हामी नेपालीहरु नेपाललाई बनाउन लागिरहेका छौं । नेपाल बन्ने नै छ र नेपाल बन्न गाह्रो पनि छैन तर युवा वर्ग कुनै न कुनै ढङगले बाहिर गइरहेको छ । खासगरी मध्यम वर्गको परिवार निरन्तर बाहिर गईरहेको छ । बाहिर जानेहरु फर्किने भन्दा पनि उतै सेटल हुने प्रवृतिको विकास भएको छ ।’

उनले नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेको र विपद् व्यवस्थापनको लागि सिमित मात्र स्रोत साधन रहेको बताए ।

 

 

प्रकाशित समय : १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु