global ime bank Long Banner Ad

गृहपृष्ठ बल्ल सरकारको प्राथमिकतामा पर्यो बीमा सूचना केन्द्र

बल्ल सरकारको प्राथमिकतामा पर्यो बीमा सूचना केन्द्र

बल्ल सरकारको प्राथमिकतामा पर्यो बीमा सूचना केन्द्र

सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने उल्लेख गरेको छ । बीमा नियमावली २०८१ मा बीमा सुचना केन्द्र स्थापना गर्ने व्यवस्था गरिएको छ ।

बिमा क्षेत्रमा हुने ठगीलाई पनि नियन्त्रण गर्नबीमा सूचना केन्द्र स्थापना गर्न लागिएको हो ।बीमा क्षेत्रमा भएका जालसाजी, कीर्ते वा ठगी लगायतको सूचना संकलन गरी एकीकृत र व्यवस्थित गर्नका लागि सूचना केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने छ ।

यो सूचना केन्द्र स्थापना भएपछि नेपाल बिमा प्राधिकरण, कम्पनी, सर्भेयर, अभिकर्ता, बीमित आदि सबै सरोकारवाला पक्षहरुलाई फाईदा पुग्ने छ । बीमा क्षेत्रमा भएका जतिपनि सूचना हुन्छन्, ति सबै सबै सूचना केन्द्रमा अपडेट गरिने हुदाँ यसको फाईदा सबैलाई हुने छ ।

बीमा शुल्क, बीमा कम्पनीको पूँजी, कुन कुन कम्पनीले कहाँ कहाँ लगानी गरेका छन्, प्राधिकरणले तोकेको क्षेत्रमा लगानी भएको छ कि छैन् भन्ने सबै सूचना केन्द्रमा रेकर्ड हुने हुँदा बिमा क्षेत्रको ठगी नियन्त्रण गर्न सहज हुने छ ।

बीमा प्राधिकरणले केही समय अघिदेखि बीमा र बीमकसम्बन्धी गुनासोलाई एकद्वार प्रणालीमार्फत सुनुवाइ गर्न सार्वजनिक कम्पनीको रुपमा बीमा सूचना केन्द्र स्थापना गर्ने योजनाका साथ काम अघि बढाइरहेको छ ।

बीमितका गुनासोमात्रै नभएर बीमक र बीमितलाई कालोसूचीमा राख्नेदेखि निगरानी गर्नेसम्मका काम सूचना केन्द्रबाट हुनेछन् ।बीमासम्बन्धी अपराधलाई नियन्त्रण गर्ने उद्देश्यसाथ स्थापना गर्न लागिएको बीमा सूचना केन्द्र कर्जा सूचना केन्द्र जस्तै हुनेछ । जहाँबाट बीमितको गतिविधि निगरानी गर्ने, शंकास्पद देखिए कारबाहीका लागि बीमा प्राधिकरणलाई सिफारिस गर्ने र कालोसूचीमा राख्ने जस्ता काम हुनेछन् ।

लामो इतिहास बोकेको बीमा क्षेत्रमा पहिलादेखि नै ठगी तथा अपराधको क्रियाकलाप हुँदै आएका छन् । तर, त्यसको विवरण एकीकृत ठाउँमा राख्ने निकाय थिएन । अपराध गर्ने व्यक्ति तथा संस्थालाई सम्बन्धीन्त कम्पनी र नियामक निकाय बीमा प्राधिकरणले मात्रै चिन्दथ्यो । त्यसले गर्दा त्यस्ता व्यक्ति तथा संस्थाले पुनः अर्को कम्पनीमा गएर ठगी तथा अपराध गर्ने प्रवृत्ति थियो । तर, अब बीमा गठी तथा अपराध गर्ने व्यक्ति तथा संस्थाको एकीकृत विवरण अब सूचना केन्द्रले राख्नेछ । त्यो सूचना केन्द्रमा सबैको पहुँच हुनेछ ।

प्रकाशित समय : १५:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु