काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘विकासशील राष्ट्रमा गरिबी अन्त्य चुनौतिपूर्ण’

1.14K
shares

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले विकासशील र अविकसित राष्ट्रमा दिगो रूपमा गरिबी अन्त्य गर्न चुनौतीपूर्ण बनेको धारणा राखेकी छन ।

चीनको सियान सहरमा भइरहेको गरिबी न्यूनीकरण र दिगो विकाससम्बन्धी साङ्घाई सहयोग सङ्गठनमा आज सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र आधारभूत सेवामा पहुँच अभावका कारण दिगो रूपमा गरिबीको अन्त्य चुनौतीपूर्ण बनेको उल्लेख गरेको संसद सचिवालयले जनाएको छ ।

“विश्वका एक अर्बभन्दा बढी मानिस चरम गरिबीको रेखामुनि छन्, विशेषतः विकासशील र अविकसित राष्ट्रमा शिक्षा, स्वास्थ्य, रोजगारी खाद्य सुरक्षा र आधारभूत सेवामा पहुँच अभावका कारण दिगो रूपमा गरिबीको अन्त्य चुनौतीपूर्ण बनेको छ”, उनले भनिन ।

उपाध्यक्ष घिमिरेले क्षेत्रीय शान्ति, स्थिरता, आर्थिक समृद्धि र सामाजिक न्याय प्रबर्द्धन गर्ने एक सशक्त बहुपक्षीय मञ्चको रूपमा साङ्घाई सहयोग सङ्गठनले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गरिन । उनले गरिबी निवारण र दिगो विकासका लागि मञ्चले पु-याएको योगदान, लिएको पहलकदमी र प्रवर्द्धन गरेको सहकार्यलाई नेपालले उच्च मूल्याङ्कन गरेको पनि दोहो-याइन ।