global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पिएम कप भलिबल अर्को महिनामा हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

नेपाल भलिबल सङ्घको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुने भएको छ ।

प्रतियोगिता आगामी जेठ ८ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । नियमित रूपमा प्रतियोगिता हुँदै आएको काठमाडौँको दशरथ रङ्गशालास्थित कभर्डहलको मर्मत कार्य भइरहेकाले यसपटक प्रतियोगिता पोखरामा गर्न लागिएको हो ।

लिगमा महिलातर्फ छ र पुरूषतर्फ आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिपटप न्यू डायमन्ड युथ स्पोर्टस क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेशले खेल्नेछन् ।

दुवैतर्फका विजेता टोलीले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउँदा विधागत उत्कृष्टमा २५–२५ हजार राखिएको छ । लिग विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभाको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा हरेक टिमले तीन विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ ।

प्रकाशित समय : २१:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु