गृहपृष्ठ बीमा क्षेत्रको ठगी नियन्त्रण गर्न अब बीमा सूचना केन्द्र स्थापना गरिने
बीमा क्षेत्रको ठगी नियन्त्रण गर्न अब बीमा सूचना केन्द्र स्थापना गरिने
सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा बिमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने उल्लेख गरेको छ । बीमा नियमावली २०८१ मा बीमा सुचना केन्द्र स्थापना गर्ने व्यवस्था गरिएको छ । बीमा क्षेत्रमा हुने ठगीलाई पनि नियन्त्रण गर्न बीमा सूचना केन्द्र स्थापना गर्न लागिएको हो । बीमा क्षेत्रमा भएका जालसाजी, कीर्ते वा ठगी लगायतको सूचना संकलन गरी एकीकृत र व्यवस्थित गर्नका लागि सूचना केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने छ ।
यो सूचना केन्द्र स्थापना भएपछि नेपाल बिमा प्राधिकरण, कम्पनी, सर्भेयर, अभिकर्ता, बीमित आदि सबै सरोकारवाला पक्षहरुलाई फाईदा पुग्ने छ । बीमा क्षेत्रमा भएका जतिपनि सूचना हुन्छन्, ति सबै सबै सूचना केन्द्रमा अपडेट गरिने हुदाँ यसको फाईदा सबैलाई हुने छ ।
बीमा शुल्क, बीमा कम्पनीको पूँजी, कुन कुन कम्पनीले कहाँ कहाँ लगानी गरेका छन्, प्राधिकरणले तोकेको क्षेत्रमा लगानी भएको छ कि छैन् भन्ने सबै सूचना केन्द्रमा रेकर्ड हुने हुँदा बिमा क्षेत्रको ठगी नियन्त्रण गर्न सहज हुने छ । बीमा प्राधिकरणले केही समय अघिदेखि बीमा र बीमकसम्बन्धी गुनासोलाई एकद्वार प्रणालीमार्फत सुनुवाइ गर्न सार्वजनिक कम्पनीको रुपमा बीमा सूचना केन्द्र स्थापना गर्ने योजनाका साथ काम अघि बढाइरहेको छ ।
बीमितका गुनासोमात्रै नभएर बीमक र बीमितलाई कालोसूचीमा राख्नेदेखि निगरानी गर्नेसम्मका काम सूचना केन्द्रबाट हुनेछन् । बीमासम्बन्धी अपराधलाई नियन्त्रण गर्ने उद्देश्यसाथ स्थापना गर्न लागिएको बीमा सूचना केन्द्र कर्जा सूचना केन्द्र जस्तै हुनेछ ।
जहाँबाट बीमितको गतिविधि निगरानी गर्ने, शंकास्पद देखिए कारबाहीका लागि बीमा प्राधिकरणलाई सिफारिस गर्ने र कालोसूचीमा राख्ने जस्ता काम हुनेछन् । लामो इतिहास बोकेको बीमा क्षेत्रमा पहिलादेखि नै ठगी तथा अपराधको क्रियाकलाप हुँदै आएका छन् । तर, त्यसको विवरण एकीकृत ठाउँमा राख्ने निकाय थिएन । अपराध गर्ने व्यक्ति तथा संस्थालाई सम्बन्धीन्त कम्पनी र नियामक निकाय बीमा प्राधिकरणले मात्रै
प्रकाशित समय : १३:१० बजे



















