काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित

2.48K
shares

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनले उमेश स्थापितको नेतृत्वमा १२७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । राजधानीमा दुई दिनसम्म चलेको सम्मेलनले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

केन्द्रीय समितिको पहिलो बैठकले उपाध्यक्षसहित कोषाध्यक्षको जिम्मेवारी र कार्यविभाजन तय गर्नेछ । नेवाः पहिचानसहितको स्वायत्त राज्य स्थापनाको लागि अग्रगमणको बाटोमा लाग्ने उद्देश्यसहित गठन भएको यस मोर्चाको नेवाः राजनीतिक आन्दोलनमा छुट्टै पहिचान स्थापित भएको सम्मेलनमा नेवाः खलःको संस्थापक र निवर्तमान अध्यक्ष दिलिप महर्जनले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सम्मेलनको उद्घाटन गरेका थिए ।