global ime bank Long Banner Ad

गृहपृष्ठ नारायणीमा बेपत्ता भएका दाजुभाइ अझै भेटिएनन्

नारायणीमा बेपत्ता भएका दाजुभाइ अझै भेटिएनन्

नारायणीमा बेपत्ता भएका दाजुभाइ अझै भेटिएनन्

नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् ।

मंलबार दिउँसो पौडी खेल्न गएका मध्यविन्दु नगरपालिका–१२ का अन्दाजी १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल बेपत्ता भए पनि अझै फेला परेका छैनन् ।

मध्यविन्दु–१५ स्थित नारायणी नदी र अरुणखोला नदीको संगमस्थल उल्टी दोभानमा पौडी खेल्न गएको बेला उनीहरू बेपत्ता भएका हुन् ।

प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक धर्मराज शर्माका अनुसार पौडी खेल्ने क्रममा दुई जना डुबेर बेपत्ता भएको खबर अबेर मात्रै पाएको र रात परेकाले खोजी कार्य कठिन भएको भए पनि बिहानै देखी खोजी जारी राखिएको छ।

 

प्रकाशित समय : १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु