गृहपृष्ठ प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता
प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि.बीच व्यवसायिक साझेदारीको लागि मिति २०८२/०१/०२मा एक कार्यक्रमका वीच आफनो कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।
मिति२०८२/०१/०२गते एक समारोहकाबीच गोरखा गार्डन होटल प्रा.लि. का तर्फबाट अध्यक्ष सुरेन्द« कुवर, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंककाग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड-क्रेडीट कार्ड तथा बैकंको अन्यकुनै बिधुतीय माध्यमद्वारा बिल भुक्तानीगर्दा गोरखा गार्डन होटल प्रा.लि.मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५प्रतिशत छुट प्राप्तगर्न सक्नेछन् ।
गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवार मैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रा.लि.विच भएको योे साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।
प्रकाशित समय : १३:१४ बजे