काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जिप दुर्घटनामा दुई जनाको मृत्य, नौ घाइते

1.42K
shares

रामेछापमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् ।

मन्थली नगरपालिका–३ ठाँटीमा बा १६ च ६४७६ नं को जिप आज दुर्घटना हुँदा स्थानीय ६२ वर्षीया कृष्णनारायण श्रेष्ठ र ११ वर्षीया भूमिका श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पुजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।

घाइतेको मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।