गृहपृष्ठ मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनको शिलान्यास
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनको शिलान्यास
मधेसका मुख्यमन्त्री सतिश सिंहले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक भवनको आज शिलान्यास गरेका छन ।
जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित मणि मण्डप पछाडिको गुठी जग्गामा निर्माण हुन लागेको उक्त भवनले प्रतिष्ठानका शैक्षिक गतिविधिलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । मुख्यमन्त्री सिंहले दुई करोड ५० मा ठेक्का आह्वान भइसकेको जानकारी दिँदै समयमै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विनोद यादवका अनुसार प्रतिष्ठानको शैक्षिक भवनसहित कक्षा कोठा, प्रयोगशाला र अस्पतालको संरचना निर्माण गर्ने योजना रहेको बताए । उनले भवन निर्माणपछि शैक्षिक गतिविधिमा सुधार आउने बताए ।
नगरप्रमुख मनोजकुमार साहले गुठीको जग्गमा कानुनी प्रक्रिया पूरा गरी भवन निर्माण हुन लागेको स्पष्ट पारे । उनले सामाजिक कार्यका लागि निर्माण भइरहेकाले भवनको दुवै छेउमा वैकल्पिक सडकको व्यवस्था मिलाइने जानकारी दिँदै सबै पक्षलाई सहयोग गर्न आग्रहसमेत गरे ।
प्रकाशित समय : १५:०९ बजे



















