global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्न माओवादी केन्द्रको माग

पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्न माओवादी केन्द्रको माग

पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्न माओवादी केन्द्रको माग

नेकपा माओवादी केन्द्रले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्न माग गरेको छ ।

सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद रेखा शर्माले शाहकै उक्साहटमा घटना भएकोले कारबाही गर्न माग गरेकी हुन् ।

उनले भनिन्, “तीनकुने घटनामा व्यक्तिका निजी घर जलाइएको छ । दुई युवाको हत्या गरियो । त्यस घटनामा कसको हात छ भनि दिउँसोको घामजस्तै छर्लङ्ग छ । कथित जनकमाण्डर दुर्गा प्रसाईंको नेतृत्वमा घटना भयो । यसको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह छन् । अहिले कानुनभन्दा कोहीमाथि छैन । त्यसकारण कानुनबमोजिम कारबाही होस् ।”

प्रकाशित समय : १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु