global ime bank Long Banner Ad

गृहपृष्ठ कोपा अमेरिका सन् २०२१ मा गर्नेगरी स्थगित

कोपा अमेरिका सन् २०२१ मा गर्नेगरी स्थगित

कोपा अमेरिका सन् २०२१ मा गर्नेगरी स्थगित

यो वर्षको ग्रीष्म ऋतुमा अर्जेन्टिनामा हुनेगरी तय भएको दक्षिण अमेरिकाको प्रमुख प्रसिद्ध फुटबल प्रतिस्पर्धा, कोपा अमेरिका, एक वर्ष पछि सन् २०२१ मा हुनेगरी स्थगित गरिएको छ ।

कोरोनाभाइरसको प्रकोप विश्वव्यापी बनिरहेका समय कोपा अमेरिकालाई पनि यसको प्रभाव पर्ने देखिएपछि एक वर्ष पछि सारिएको आयोजक दक्षिण अमेरिकी फुटबल संघले मंगलबार बताएको हो ।

कोपा कप फुटबलबारे यो निर्णय यूरोपेली फुटबल महासंघ (यूईएफए) ले यूरो कप फुटबल २०२० लाई एक वर्ष पछि गर्ने गरी आएको सूचना लगत्तै आएको हो । कोपा कप यसै वर्षको जुन ११ देखि जुलाई ११ सम्म हुने कार्यक्रम तय भएको थियो ।

खेल यस वर्ष पहिलो पटक दुई मुलुक अर्जेन्टिना र कोलम्वियामा गरिने भएको थियो भने दक्षिण अमेरिकी मुलुकबाहेक कतार र अष्ट्रेलिया पनि आमन्त्रित समूहका रूपमा समावेश गरी १२ मुलुकका फुटबल समूहले प्रतिस्पर्धामा सहभागिता जनाउने तयारी रहेको थियो । (एजेन्सी)

प्रकाशित समय : १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु