गृहपृष्ठ सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ कैशलटारस्थित सडकमा बा ५८ प १६७७ नम्बरको मोटरसाइकल र प्रदेश नं ३-०२-००९ प ०३५९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे पनौती नगरपालिका-१२ रोशी बस्ने २२ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएको उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सर्लाही, कबिलासी नगरपालिका-६ जमुनियास्थित सडकमा बा-४ ख २०८३ नम्बरको टिपरले बीआर ५५ ९२५६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक कौडेना गाउँपालिका-३ बस्ने २५ वर्षीय जयपाल रामको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ईन्डो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय : २०:४६ बजे



















