गृहपृष्ठ काठमाडौं उपत्यकाको वायु अस्वस्थकर
काठमाडौं उपत्यकाको वायु अस्वस्थकर
काठमाडौं उपत्यकाको वायु अस्वस्थकर देखिएको छ। आज वायु प्रदूषण मापनमा काठमाडौंको वायु प्रदूषण विश्वमै पाँचौँ स्थानमा छ।
‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ उपत्यका वायु प्रदूषणमा विश्वकै पाँचौँ स्थानमा देखिएको हो। आज विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा भारतको राजधानी नयाँ दिल्ली छ।
इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १९१ छ। आज प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई २१९ छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआई सम्मलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर मानिन्छ।
५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।
प्रकाशित समय : ११:०५ बजे



















