global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्से परिसूचक ४५ अंकले घट्यो

नेप्से परिसूचक ४५ अंकले घट्यो

नेप्से परिसूचक ४५ अंकले घट्यो

सेयर बजारको मापक नेप्से सूचक २६ सय ८९ अंकमा झरेको छ । आइतबार सेयर बजार ४५.९३ अंकले घटेको छ । सेयर बजार १.६७ प्रतिशतले घट्दा कुल कारोबार भने ७ अर्ब ४६ करोड रुपैयाँको मात्रै भएको छ ।

आइतबारको सेयर बजारको कारोबार उच्च अंकले घटेको भएपनि २७ कम्पनीको सेयर मूल्य भने बढेको छ । आइतबार खानीखोला हाइड्रोपावर, डोटी पावर कम्पनी, मोलुङ हाइड्रोपावरसहतिका कम्पनीको सेयर मूल्य ९ प्रतिशतसम्मले बढेको छ ।

बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा खानीखोला हाइड्रोपावर रहेको छ । यसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर ४७१ रुपैयाँ प्रतिकित्ता पुगेको छ ।

आइतबार नेप्सेमा सूचीकृत कम्पनीमध्ये ३२१ वटा कम्पनीको १ करोड ७३ लाख कित्ता सेयरको ८१ हजार ४०४ पटक कारोबार भएको छ ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु