global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सीटीईभीटी उपाध्यक्ष बरालद्वारा पदभार ग्रहण

सीटीईभीटी उपाध्यक्ष बरालद्वारा पदभार ग्रहण

सीटीईभीटी उपाध्यक्ष बरालद्वारा पदभार ग्रहण

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षमा ओमप्रसाद बरालले पदभार ग्रहण गरेका छन्।

सोमबार पदभार ग्रहण गर्दै उनले सीटीईभीटीको प्रमोशन, समृद्धि र यसको गुणस्तरका लागि समर्पित भएर काम गर्ने प्रतिवद्धता जनाएका छन्।

सुशासनलाई मूलमन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गरेर टीममा काम गर्ने उनको भनाइ छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष छनौट समितिबाट सिफारिस भएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेस गरेका तीनजना मध्ये बराललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु