global ime bank Long Banner Ad

गृहपृष्ठ विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जापानी निकायबीच सहकार्य

विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जापानी निकायबीच सहकार्य

विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जापानी निकायबीच सहकार्य

नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ । भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा विपद व्यवस्थापन पूर्वतयारीका लागि सहकार्य शुरु भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका लागि जापानको प्राविधिक सहयोग, एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ ।

जोखिम पूर्वतयारी, तथा समग्र विपद् व्यवस्थापनका विषयमा स्थानीय स्तरमा नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी कार्यक्रमहरु सञ्चालन गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिएका छन् ।

प्रकाशित समय : १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु