global ime bank Long Banner Ad

गृहपृष्ठ फेरियो बाबुरामको पार्टीको नाम

फेरियो बाबुरामको पार्टीको नाम

फेरियो बाबुरामको पार्टीको नाम

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सम्पन्न भएको छ । पोखरामा भएको विधान अधिवेशनले आगामी माघ २५ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्नेसमेत निर्णय गरेको छ ।

पोखरा सम्पन्न नेसपाको विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने निर्णय समेत गरेको छ । पार्टीको नयाँ नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखिएको छ ।

विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने टुङ्गो लगाएको छ । पदाधिकारीहरुमा अध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–१, सचिव–३ र कोषाध्यक्ष–१ रहने बताइएको छ ।

विधान अधिवेशनले विचार र सिद्धान्त मिल्ने नयाँ दलहरूसँग पार्टी एकता र ध्रुवीकरण गर्दै अगाडि जाने प्रस्ताव गरे पनि माओवादी केन्द्र लगायतका पुराना दलहरूसँग भने एकता नगर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित समय : १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु