global ime bank Long Banner Ad

गृहपृष्ठ ३९ स्थानको घर–जग्गा बिक्री गर्दै एनआईसी एशिया बैंक

३९ स्थानको घर–जग्गा बिक्री गर्दै एनआईसी एशिया बैंक

३९ स्थानको घर–जग्गा बिक्री गर्दै एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै देशभरीका ३९ स्थानको सम्पत्ति बिक्री गर्ने भएको हो ।

बैंकले जहाँ जे जस्तो अवस्था र परिणाममा छ, सोही अवस्था र परिणाममा सम्पत्ति बेच्ने भएको हो । सूचना अनुसार बैंकले मोरङ, चितवन, रौतहट, कास्की, काभ्रपलाञ्चोक, काठमाडौं, चितवन, ललितपुर, जुम्ला, भक्तपुर, रूपन्देही लगायतका स्थानको सम्पत्ति बिक्रीमा ल्याएको छ ।

बैंकले बिक्रीमा ल्याएको सम्पत्तिहरु खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरुले सूचना प्रकाशित मितिले सात (असाेज २– ८) दिनभित्र बैंकको केन्द्रिय कार्यालय, कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वरमा बोलपत्र आह्वान गर्न सक्नेछन् ।

 

प्रकाशित समय : १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु