गृहपृष्ठ कामना सेवाविकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण
कामना सेवाविकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण
कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखाकार्यालय दमक, झापामार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थानगमला हस्तान्तरणकार्य सम्पन्न गरेको छ ।
प्रशान्ति टोलविकास संस्थाको साधारण सभाअन्र्तगत संस्थाले एक स्वच्छ वातावरणकायम गर्ने लक्ष्यलिई “प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपन”भन्ने उद्धेश्यमा कामना सेवाविकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सो गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ ।
बैंकका कोशी क्षेत्रका प्रमुख मोहनदत्त खनालले सो गमलाउक्त संस्थाको अध्यक्षज्ञान बहादुर कार्कीलाई हस्तान्तरण गरेका छन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्षकार्कीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गमला हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै आयोजना गरिएको कार्यक्रम सकरात्मक रहेको बताए । उक्तकार्यक्रममा बैंकका कर्मचारीहरु तथा संस्थाकामहानुभावहरुको उपस्थिती रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वयतथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिककार्यहरुलाई निरन्तरतादिने छ ।
प्रकाशित समय : १७:३० बजे



















