global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्री शाहीद्धारा पशुपात क्षेत्रमा वृक्षारोपण

मन्त्री शाहीद्धारा पशुपात क्षेत्रमा वृक्षारोपण

मन्त्री शाहीद्धारा पशुपात क्षेत्रमा वृक्षारोपण

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वृक्षारोपणले बाढीपहिरो र भूक्षयजस्ता समस्या समाधानमा वहुआयामिक लाभ पु-याउने बताएका छन् । भगवती मानव कल्याण सङ्गठनद्धारा ‘एकवृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित एक करोड वृक्षारोपण अभियानको आज पाशुपतक्षेत्रमा शुभारम्भ गर्दै उनले सरकारले वृक्षारोपणलाई अघि बढाउन मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सङ्गठनका महासचिव अजय अवस्थीले जलवायु परिवर्तन, वायु प्रदूषण, बाढीपहिरोलगायतका समस्यालाई दृष्टिगत गर्दै देशभर वृक्षारोपण अभियान सुरु गरिएको जानकारी दिए ।

त्यसअवसरमा मन्त्री शाही, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र महासचिव अवस्थीलगायतले विरुवा रोपेर अभियानको शुभारम्भ गरेको सङ्गठनले जनाएको छ ।

 

प्रकाशित समय : १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु