nmb bank

गृहपृष्ठ पुँजी नहुँदा लाभांश दिन नसक्ने अवस्थामा बाणीज्य बैकहरु

पुँजी नहुँदा लाभांश दिन नसक्ने अवस्थामा बाणीज्य बैकहरु

पुँजी नहुँदा लाभांश दिन नसक्ने अवस्थामा बाणीज्य बैकहरु

चालू आर्थिक वर्षको नाफाबाट लाभांश दिन नपाउने बैंकको सूचीमा हिमालयन बैंक र माछापुच्छ्रे बैंक पनि थपिने जोखिम बढेको छ ।

यसअघि कुमारी, प्रभु र एनआईसी एशिया बैंकले आव ०८०र८१ को मुनाफाबाट लाभांश दिन नपाउने पक्का पाइसकेको छ । यो सूचीमा हिमालयन र माछापुच्छ्रे पनि जोडिन लागेका हुन् ।

चालु आवको चैत मसान्तसम्म यी बैंकको प्राथमिक पुँजी अनुपात सीसीएआर ९ प्रतिशतभन्दा कम छ । आर्थिक वर्ष सकिँदासम्म पनि ९ प्रतिशत कटाउन नसकेको स्थितिमा बाँकी २ बैंक पनि लाभांश बाँड्न नसक्ने स्थितिमा पुग्ने भएका हुन् ।

कमन इक्विटी अनुपात ९४.५ प्रतिशत०, अतिरिक्त पुँजी ९१.५ प्रतिशत० र पुँजी संरक्षण बफर ९२.५ प्रतिशतको योग प्राथमिक पुँजी अनुपात कुल ८.५ प्रतिशत हो । यी अनुपात जोखिम भारित सम्पत्तिको योगका आधारमा गणना गरिन्छ । नेपाल राष्ट्र बैंकले यसै आवको अन्त्यसम्म ०.५ प्रतिशत काउन्टरसाइक्लिकल बफर कायम गर्नुपर्ने व्यवस्थासँगै वाणिज्य बैंकहरुले प्राथमिक पुँजी अनुपात ९ प्रतिशत पुर्‍याउनुपर्छ ।

नेपाल राष्ट्र बैंकले गत असार १८ गते एक परिपत्रमार्फत् एकीकृत निर्देशिका संशोधन गर्दै चालु आवको अन्त्यसम्म ०.५ प्रतिशत काउन्टरसाइक्लिकल बफर कायम गर्न निर्देशन दिएको थियो ।

प्राथमिक पुँजी अनुपात नपुगेका बैंकलाई कारबाही गर्न पाउने कानुनी व्यवस्था छैन । तर, पुँजी संरक्षण बफर ९२.५ प्रतिशत० कायम नगरेका बैंकले लाभांश बाँड्न नपाउने क्यापिटल एडुक्वेसी फ्रेमवर्ककको व्यवस्थालाई टेकेर लाभांश रोकिँदै आएको छ । केन्द्रीय बैंकले कमन इक्विटी पुगेको तर पुँजी संरक्षण बफर नपुगेको मानेर विगतमा एनआईसी एशिया बैंकलाई लाभांश बाँड्न रोकेको थियो ।

केन्द्रिय बैेंकको व्यवस्थाअनुसार बैंकहरुले दैनिक आधारमा तोकेको प्राथमिक पुँजी कायम गरी व्यवसाय विस्तार गर्न सक्छन् । एक दिन पनि यो अनुपात कायम नभएको स्थितिमा बैंकहरु राष्ट्र बैंकको कारबाहीमा पर्ने गरेका छन् । उनीहरुले अर्को आवमा लाभांश बाँड्न पाउँदैनन् ।

कुमारी, प्रभु र एनआईसी एशिया बैंकको प्राथमिक पुँजी नपुगेका कारण अर्को वर्ष लाभांश दिन नपाउने तय पुस मसान्तमै भइसकेको थियो । जुन सूचीमा हिमालयन र माछापुच्छ्रे पनि पर्ने जोखिम छ ।

कुमारी बैंकले गत असोजमै आवश्यकताअनुसार प्राथमिक पुँजी अनुपात कायम गरेको थिएन । असोजको बासेल डिस्क्लोजरअनुसार ८.२१ प्रतिशत रहेको बैंकको प्राथमिक पुँजी अनुपात पुसमा ८.०३ प्रतिशत पुगेको थियो । पुसमा कुमारीसँगै प्रभु र एनआईसी एशिया थपिए । उनीहरुको यस्तो अनुपात क्रमशः ८.१२ प्रतिशत र ८.०४ प्रतिशत छन् ।

वाणिज्य बैंकहरुको चैत मसान्तको तथ्यांकअनुसार सबैभन्दा कम प्राथमिक पुँजीअनुपात कुमारीको ८.०३ प्रतिशत छ । यस्तै एनआईसी एशियाको ८।२५, माछापुच्छ्रेको ८.८०, प्रभुको ८।८५ र हिमालयनको ८.८६ प्रतिशत छ ।

यो सूचीमा नबिल, सिटिजन्स र सिद्धार्थ बैंक सामान्य अगाडि छन् । व्यवसाय विस्तार गरी यस्तो अनुपात ९ प्रतिशतभन्दा कम भएको अवस्थामा यी बैंकले पनि लाभांश बाँड्न पाउने छैनन् । प्राथमिक पुँजी अनुपात नबिल बैंकको ९.१ प्रतिशत, सिटिजन्सको ९.१५ र सिद्धार्थको ९.२३ प्रतिशत छन् । ९.५ प्रतिशतभन्दा कम प्राथमिक पुँजी रहेका बैंकहरु कृषि विकास ९९.३२ प्रतिशत० र लक्ष्मी सनराइज बैंक ९९.४८ प्रतिशत० हुन् । यी बैंक पनि उत्तिकै जोखिममा छन् । अर्थात् नबिल, सिटिजन्स, सिद्धार्थ, कृषि विकास र लक्ष्मी सनराइज बैंकहरुले पुँजी वृद्धि नगरी वा प्रवाह गरेको कर्जा रिकभरी नगरी थप कर्जा प्रवाह गरेको स्थितिमा लाभांश बाँड्न सक्नेछैनन् । निष्क्रिय कर्जालाई सक्रिय बनाएर प्राथमिक पुँजी अनुपात बढाउने उपाय भने केन्द्रीय बैंकले बन्द गरिसकेको छ ।

माछापुच्छ्रे र हिमालयन बैंकले भने दिएको कर्जा नै फिर्ता नल्याएसम्म वा पुँजी नबढाएसम्म वा जोखिम भारित सम्पत्ति नघटाएसम्म लाभांश दिन नपाउने बैंकको सूचीमा पर्ने पक्का छ ।

यस्तै एनएमबि, सानिमा, ग्लोबल आईएमई र नेपाल एसबीआईको प्राथमिक पुँजी अनुपात १० प्रतिशतभन्दा कम छन् भने नेपाल इन्भेस्टमेन्ट मेगा, नेपाल बैंक, एभरेस्ट र प्राइम कमर्सियल बैंकको ११ प्रतिशतभन्दा कम तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा बढी १३.९६ प्रतिशत रहेको छ ।

 

प्रकाशित समय : १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु