nmb bank

गृहपृष्ठ ‘सिधाकुरा’ विरुद्ध मुद्दाको सुनुवाइ आज पनि

‘सिधाकुरा’ विरुद्ध मुद्दाको सुनुवाइ आज पनि

‘सिधाकुरा’ विरुद्ध मुद्दाको सुनुवाइ आज पनि

सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा आज पनि सुनुवाइ गर्ने भएको छ।

न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासमा आइतबार अडिओ उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग बयान लिने क्रम नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

अदालतले अनलाइनका कार्यकारी सम्पादक नवीन ढुङ्गाना र प्रकाशक युवराज कँडेलसँग बयान लिइसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’सँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको जनाउँदै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडिओ सामग्री प्रकाशन गरेको थियो।

अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडिओ–भिडिओ सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेस गरेका थिए।

सोही आधारमा यही वैशाख १७ गते न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सो सामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो।

प्रकाशित समय : ०६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु