nmb bank

गृहपृष्ठ प्राविधिक र व्यावसायिक शिक्षामा मुख्यमन्त्रीको जोड

प्राविधिक र व्यावसायिक शिक्षामा मुख्यमन्त्रीको जोड

प्राविधिक र व्यावसायिक शिक्षामा मुख्यमन्त्रीको जोड

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने बताएका छन् ।

उनले शैक्षिक बेरोजगार उत्पादन न्यूनीकरण गरी प्राविधिक र व्यावहारिक शिक्षामा जोड दिन सरकार तयारी अवस्थामा रहेको बताए । आज बागमती विश्वविद्यालयको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य सेवा, कृषि, पर्यटन र खेलकुद क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । अब सरकार शिक्षामा नयाँ नीति र मोडल निर्माण गरेर अघि बढ्ने उनले बताए ।

संविधानमा उच्च शिक्षा प्रदेशको एकल अधिकार सूचीमा रहेको छ । “सोहीअनुसार प्रदेशले उच्च शिक्षा ऐन जारी गरी कार्यान्वयन गर्नअघि बढेको हो”, उनले बताए । “उच्च शिक्षा ऐनले व्यवस्था गरेअनुसार प्रदेश उच्च शिक्षा परिषद् गठन गरिएको र सो परिषद्मार्फत प्रदेशको सार्वजनिक विश्वविद्यालय स्थापनाको काम भइरहेको छ ।

बोर्ड अफ ट्रष्टीको व्यवस्था अन्य कुनै पनि विश्वविद्यालयमा नरहेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले विश्वविद्यालयलाई स्वायत्त मोडलमा अघि बढाएको बताए । “प्रवेश परीक्षा प्रणाली घातक छ । निश्चित सङ्ख्या र प्रवेश परीक्षाको नाममा नेपालमा पढ्न नदिने बाहिर पठाउने काम भइरहेको छ । यस प्रणालीको विरुद्धमा प्रदेश सरकारले कानुन बनाएर अघि बढ्छ”– उनले भने ।
प्रदेश सरकारले विश्वविद्यालयको आवश्यकता र औचित्य पुष्टि गर्ने गरी काम गर्नुपर्ने बताउँदै विशिष्टिकृत पाठ्यक्रम निर्माण तथा अध्यापन र विद्यार्थी पलायन रोक्न सक्ने गरी प्रदेश विश्वविद्यालयले काम गर्नुपर्नेमा उनको जोड थियो ।

 

प्रकाशित समय : १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु