nmb bank

गृहपृष्ठ नुहाउने क्रममा दोदा नदीमा डुबेर दुईजनाको मृत्यु

नुहाउने क्रममा दोदा नदीमा डुबेर दुईजनाको मृत्यु

नुहाउने क्रममा दोदा नदीमा डुबेर दुईजनाको मृत्यु

कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए ।

शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखेको जनाएको छ ।

प्रकाशित समय : ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु