nmb bank

गृहपृष्ठ प्रभु महालक्ष्मीको अभिकर्ता कार्यक्रम शनिबार सम्पन्न

प्रभु महालक्ष्मीको अभिकर्ता कार्यक्रम शनिबार सम्पन्न

प्रभु महालक्ष्मीको अभिकर्ता कार्यक्रम शनिबार सम्पन्न

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम सम्पन्न गरे।कार्यक्रममा उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरे । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न उर्जा प्रदान गर्ने बताए ।

इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अभिकर्ताहरुलाई पेशामा निष्ठापूर्वक काम गर्दा बाधा आए कम्पनीले सधै सहजीकरण गर्ने बताए । कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलले कार्यक्रमको आकर्षक, रोचक ढंगले प्रेरणात्मक प्रस्तुती दिएका थिए ।

प्रकाशित समय : ०९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु