गृहपृष्ठ सोमबारदेखि बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा
सोमबारदेखि बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा
बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजको नेवारी र तामाङ भाषालाई साेमबार २४ गतेदेखि व्यावहारिकरुपमा प्रयोगमा ल्याइने बताएका छन् ।
मन्त्री बज्राचार्यलेआज सङ्क्षिप्त कुरा गर्दै वैशाख २४ गते बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको समुद्घाटन गर्ने जानकारी दिए ।
उनले काठमाडौँको वसन्तपुरबाट सोही दिनको बिहान ७ बजे विभिन्न भेषभूषा र झाँक्रीसहित र्यालीले काठमाडौँ नगरको परिक्रममा गर्ने पनि उल्लेख गरे।
बागमती प्रदेशसभाको केही महिनाअघि बसेको बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ भाषाको विधेयक पारित गरिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रकाशित समय : १२:२८ बजे