nmb bank

गृहपृष्ठ मस्कको भारत भ्रमण स्थगित

मस्कको भारत भ्रमण स्थगित

मस्कको भारत भ्रमण स्थगित

अर्बपति एलन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेका छन् । मस्कको आइतबार भारत आउने कार्यक्रम थियो ।

भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो । अब मस्कले यसै बर्षको अन्त्यमा भारत आउने बताएका छन् ।

मस्कले भनेका छन्-दुर्भाग्यवश धेरै भारी टेस्ला दायित्वका कारण भारत भ्रमणमा ढिलाइ भएको छ तर म यस वर्षको अन्त्यमा भ्रमणका लागि अत्यन्त उत्सुक छु ।

गत महिना सरकारले विश्वव्यापी सवारी निर्माताहरूका लागि विद्युतीय सवारीमा आयातमा कर कटौती गरेपछि टेस्लाले भारतमा कारखाना स्थापना गर्ने तयारीका क्रममा मस्कको यो भ्रमणलाई महत्वपूर्ण हुने ठानिएको थियो ।

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु