nmb bank

गृहपृष्ठ चोभारमा आगो निभाउन गएको काठमाडौं महानगरको दमकल दुर्घटना, ७ जना घाइते

चोभारमा आगो निभाउन गएको काठमाडौं महानगरको दमकल दुर्घटना, ७ जना घाइते

चोभारस्थित जंगलमा लागेको आगो निभाउन गएको काठमाडौं महानगरको दमकल पल्टिँदा ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आगो निभाउन चोभार उक्लिने क्रममा दमकल पल्टिएको बताइएको छ । घटनामा परेका तीन जना नगर प्रहरी र चार जना सशस्त्र प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।  घाइतेहरु मध्ये एकजनाको अवस्था गम्भिर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु