nmb bank

गृहपृष्ठ चालू आबको ८ महीनामा १० बैंकको २० अर्ब वितरणयोग्य नाफा ऋणात्मक

चालू आबको ८ महीनामा १० बैंकको २० अर्ब वितरणयोग्य नाफा ऋणात्मक

चालू आबको ८ महीनामा १० बैंकको २० अर्ब वितरणयोग्य नाफा ऋणात्मक

चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्याङ्क अनुसार चैत मसान्तसम्म वितरणयोग्य नाफा १० वाणिज्य बैंकको ऋणात्मक छ भने ७ बैंकको घटेको छ ।

चैत मसान्तसम्म १० वाणिज्य बैंकको वितरणयोग्य नाफा करिब २० अर्ब रुपैयाँले ऋणात्मक छ । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैतसम्म १० बैंकको १९ अर्ब ९७ करोड ९१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

(एनआईएमबि)को ५ अर्ब ८ करोड रुपैयाँ, कुमारी बैंकको ४ अर्ब २० करोड रुपैयाँ, एनआइसी एशिया बैंकको १ अर्ब ७२ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
यस्तै, लक्ष्मी सनराइज बैंकको १ अर्ब २४ करोड रुपैयाँ, नेपाल बैंकको १ अर्ब ६ करोड रुपैयाँ, एनएमबि बैंकको ४२ करोड ९२ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ४२ करोड ३१ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २७ करोड १२ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकको ३० करोड ५६ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा कृषि विकास, प्राइम बैंक, प्रभु, नबिल, एभरेष्ट बैंक, नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा सिटिजन्स, राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा धनात्मक छ । कृषि विकासको ९३।१३ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ र प्राइमको ३।९२ प्रतिशत बढेर ३१ करोड ३३ लाख रुपैयाँ वितरणयोग्य नाफा छ । गत वर्ष ऋणात्मक रहेको प्रभुको वितरणयोग्य नाफा यसपटक भने १६ करोड ६५ लाख रुपैयाँ धनात्मक छ ।

नबिल, एभरेष्ट बैंक, नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा सिटिजन्स, राष्ट्रिय वाणिज्यको वितरणयोग्य नाफा गत वर्ष चैत मसान्तको तुलनामा घटेको छ । नबिलको १२/६९ प्रतिशत घटेर १ अर्ब ५४ करोड रुपैयाँ, एभरेष्टको १८/२० प्रतिशत घटेर २ अर्ब ७५ करोड रुपैयाँ, नेपाल एसबिआईको २८/५३ प्रतिशत घटेर ८३ करोड ४३ लाख रुपैयाँ वितरण योग्य नाफा छ ।

स्ट्याण्डर्ड चार्टर्डको २९/१८ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँ, सानिमाको ३७/१८ प्रतिशत घटेर ७५ करोड ६८ लाख रुपैयाँ, सिटिजन्सको ८६/८१ प्रतिशत घटेर १ करोड ८९ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्यको ८९/१४ प्रतिशत घटेर २४ करोड ६२ लाख रुपैयाँ रहेको तथ्याङ्क छ ।

प्रकाशित समय : ०६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु