nmb bank

गृहपृष्ठ पूर्वमुख्य सचिव शाक्यको अन्त्येष्टि

पूर्वमुख्य सचिव शाक्यको अन्त्येष्टि

पूर्वमुख्य सचिव शाक्यको अन्त्येष्टि

पूर्व मुख्य सचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएका शाक्यको बौद्ध धर्म परम्पराअनुसार शुक्रबार शंखमूलस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

उनको पार्थिव शरीरमा जेठा छोरा महेन्द्र शाक्यले दागबत्ती दिए । सोही अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आर्यघाट पुगेर पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरे । साथै नेपाल प्रहरीको टुकुडीले गारत सम्मानसहित सलामी अर्पण गरेको थियो ।

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु