nmb bank

गृहपृष्ठ भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।

डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरु सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले राससलाई बताए । पुलको ‘बेस प्लेट’ जडानको काम भोलिदेखि सुरु हुने उहाँले जानकारी दिए ।

एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको बताए । पुलका निम्ति तीन करोड ८१ लाख विनियोजन भएको छ । यो पुल तीन जिल्लाको ‘लाइफ लाइन’ मात्र नभइ भारत, नेपाल र चीन जोड्ने सडकको महत्वपूर्ण संरचना हो ।

एक सय १८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले काम भइरहेको छ ।

प्रकाशित समय : ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु