nmb bank

गृहपृष्ठ सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने

सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने

सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने

सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ जना विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख ९ गते हुने चौथो दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाले कूल एक हजार तीन सय ३७ विद्यार्थीमध्ये तीन सय ७६ जना प्रत्यक्ष दीक्षित हुने जानकारी दिए । यो पटक अनलाइनबाट पनि फारम सङ्कलन गरेको बताए । “विद्यार्थीको सहजताका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेका थियौँ ।अहिले आवश्यक तयारी भइरहेको छ ।” सुदूरपश्चिम विश्वविद्यालयका एवं प्रधानमन्त्री कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हुने दीक्षान्त समारोहमा भारतको कुमाउ विश्वविद्यालयका कुलपति दिवानसिंह रावतको प्रमुख आतिथ्यता रहने विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित समय : १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु