nmb bank

गृहपृष्ठ सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन ।

विहिबार माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

 

प्रकाशित समय : १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु