global ime bank Long Banner Ad

गृहपृष्ठ मैत्रीपूर्ण टी-२० खेलमा हङकङसंग नेपाल पराजित

मैत्रीपूर्ण टी-२० खेलमा हङकङसंग नेपाल पराजित

मैत्रीपूर्ण टी-२० खेलमा हङकङसंग नेपाल पराजित

हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ ।

घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६।४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो ।

नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

२२ बल खेलेका विनोदले ४ चौका र ३ छक्काको मद्दतमा ४२ रन बनाएका थिए आरिफले २१ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाएका थिए । त्यस्तै रोहितले २३ बलमा २ चौका र १ छक्काको मद्दतमा ३० रन बनाए पनि अरु ब्याटरहरु टिक्न सकेनन् ।

ओपनर कुशल भुर्तेल जम्मा २ रनमा आउट भए भने गुल्सन झा ८, रासिद खान ३, सन्दीप जोरा र आकाश चन्द २र२ रन, विवेक यादवले १ रन बनाए । प्रतिश जिसी भने शून्य रनमा आउट भए ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमार २१२ रन बनाएको थियो ।

बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाए । हङकङका अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन, ऐजज खानले २१ रन बनाए । कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा भने शून्य रनमै आउट भए ।

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु