global ime bank Long Banner Ad

गृहपृष्ठ चौधरी ग्रुपले तिर्यो १६ अर्ब १४ करोड राजस्व

चौधरी ग्रुपले तिर्यो १६ अर्ब १४ करोड राजस्व

चौधरी ग्रुपले तिर्यो १६ अर्ब १४ करोड राजस्व

चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर बुझाएको छ। कुल सरकारी राजस्वमा चौधरी ग्रुपको १.८७ प्रतिशतको योगदान रहेको जनाएको छ।
अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको समयमा आफूहरुको व्यावसायिक कारोबारमा पनि असर परेको भन्दै अघिल्लो आव २०७८/७९ को तुलनामा राजस्व योगदानमासमेत कमी आएको जनाएको छ। गत वर्ष चौधरी ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो।

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरिसकेको छ। आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको ग्रुपले जनाएको

चौधरी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन्।

नेपालमा व्यावसायिक ग्रुपहरूले सरकारको राजस्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजस्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको जनाएको छ।

 

प्रकाशित समय : १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु