global ime bank Long Banner Ad

गृहपृष्ठ पाकेटमारीमा संलग्न दुई जना पक्राउ

पाकेटमारीमा संलग्न दुई जना पक्राउ

पाकेटमारीमा संलग्न दुई जना पक्राउ

काठमाडौँ महाराजगञ्ज चोकस्थित सार्वजनिक यातायातमा सवार यात्रीको नगद  १८ हजार पाकेटमारी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पकराउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौँ पेप्सिकोला बस्ने ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई काठमाडौँ टोखा बस्ने ३५ वर्षीय विष्णु थापा रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु