गृहपृष्ठ रास्वपाले आज ५६ वटा वडामा अधिवेशन गर्दै
रास्वपाले आज ५६ वटा वडामा अधिवेशन गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार देशभर ५६ वटा वडामा अधिवेशन गर्दैछ ।
सो पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ५६ वटा वडामा अधिवेशन आयोजना गर्न लागेको हो । कोशी प्रदेशमा १८, बागमतीमा १०, गण्डकीमा १६, लुम्बिनीमा ७ र सुदूरपश्चिममा ५ वटा वडाको अधिवेशन हुँदैछ ।
वडा अधिवेशनका लागि रास्वपाले केन्द्रीय नेताहरुलाई अनुगमनका लागि समेत खटाएको छ । सो पार्टी उपसभापति डीपी अर्याल चितवन, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी काठमाडौँको बुढानिलकण्ठ, केन्द्रीय सदस्य गणेश पराजुली काठमाडौँ र अन्य पदाधिकारीहरु विभिन्न वडा अधिवेशनको अनुगमनका लागि खटिएका छन् ।
प्रकाशित समय : १३:४८ बजे



















