गृहपृष्ठ डा. गोविन्द केसीले तोडे अनशन
डा. गोविन्द केसीले तोडे अनशन
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले आमरण अनशन तोडेका छन्।
डा. केसीले ७२ घण्टापछि सोमबार साँझ धनगढी उपमहानगरपालिका–१ की अञ्जली नेपाली र धनगढी उपमहानगरपालिका–७ की रेनुका चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्।
डा. केसीले २९ मंसिरको साँझ ५ बजेदेखि धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका थिए। अनशन तोडेपछि डा. केसी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुँदैछन्।
प्रकाशित समय : १८:१५ बजे



















