गृहपृष्ठ शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम १ अर्ब माथि
शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम १ अर्ब माथि
शेयर बजार कारोबार हुने साताको चौथो दिन बजार हरियाली देखिएको छ । अघिल्लो दिन राताम्य भएको शेयर बजार बुधकार दोहोरो अंकले बढेको हो ।
आजको कारोबार बन्द हुदा शेयर बजार २० दशमलव ६७ अंकले बढेर १८५० दशमलव ३३ विन्दुमा पुगेको छ । अघिल्लो दिन भने शेयर बजार २९ अंक बढीले घटेको थियो । बुधबार २९४ कम्पनीका ४२ लाख १३ हजार २८५ कित्ता शेयर ४३ हजार ५८३ पटक खरिद बिक्री भएका छन् ।
शेयर बजार दोहोरो अंकले बढेको दिन कारोबार रकममा पनि केही सुधार आएको छ । बुधबार १ अर्बभन्दा बढीको कारोबार भएको छ । आज १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीको घटेको छ । ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । आज बुद्धभुमी नेपाल हाइड्रो पावरको शेयर मूल्यय सबैभन्दा बढी १० प्रशितले बढेको छ ।
त्यस्तै बुधबार क वर्गका कम्पनीको मापक सन्सेटिभ इन्डेक्स पनि २ दशमलव १५ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा सेन्सेटिभ इन्डेक्स २५४ दशमलव २१ विन्दुमा पुगेको छ ।
प्रकाशित समय : १५:१६ बजे



















