काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै

4.49K
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ ।

रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ। पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजमाथि १७ सदस्य रहेको कार्यदल बनाएर अन्तिम रूप दिने तयारी भइरहेको पनि रास्वपाका एक नेताले बताए ।

पार्टीले मंसिरमा पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। आजको बैठकमा यिनै विषयमाथि छलफल हुने बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति ३९ सदस्यीय छ। विधानमा १ सय २१ सदस्यी केन्द्रीय समिति रहने भनिए पनि मधेसी, जनजाति, पछाडि पारिएको क्षेत्र आदिबाट सदस्य पूर्ति हुन बाँकी रहेकोछ।

त्यस्तै रास्वपाले सांसदहरूलाई पनि केन्द्रीय समितिमा मनोनीत गर्ने तयारी गरेको छ।

प्रतिनिधि सभामा रहेका ६ जना सांसद मात्रै केन्द्रीय समितिमा छन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, शिशिर खनाल, मनिष झालगायत सांसदहरू केन्द्रीय समितिमा छैनन्।