global ime bank Long Banner Ad

गृहपृष्ठ नेसनल हाइड्रोपावरले हकप्रद सेयरको बुक क्लोज मिति तोक्यो

नेसनल हाइड्रोपावरले हकप्रद सेयरको बुक क्लोज मिति तोक्यो

नेसनल हाइड्रोपावरले हकप्रद सेयरको बुक क्लोज मिति तोक्यो

नेसनल हाइड्रोपावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोकेको छ । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ असारमा बुक क्लोज गर्ने निर्णय गरेको छ ।

तसर्थ, जेठ ३२ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १०ः५ अनुपातमा ८२ करोड २१ लाख ४५ हजार ९७१.७८ रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले हाल कायम १ अर्ब ६४ करोड ५५ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीमा हकप्रद बिक्री गर्न लागेको हो । यसमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

कम्पनीले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डमा अनुमति दिएको छ । अब बोर्डबाट हकप्रद सेयर बिक्री अनुमति पाएपछि कम्पनीको हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु