nmb bank

गृहपृष्ठ रियलमी नार्जो एन ५५ र एन ५३ नेपाली बजारमा, कति छ मूल्य ?

रियलमी नार्जो एन ५५ र एन ५३ नेपाली बजारमा, कति छ मूल्य ?

रियलमी नार्जो एन ५५ र एन ५३ नेपाली बजारमा, कति छ मूल्य ?

रियलमीले नेपाली बजारमा नयाँ दुईवटा स्मार्टफोन नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ । रियलमीका कन्ट्री हेड मुनिष गिरीले नार्जो एन ५३ रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री–लेभलको फोन रहेको बताए ।

नार्जो एन ५३ मा ७.४९ इन्चको अल्ट्रा स्लिम बडी छ । ‘र्‍याम एक्स्पान्सन’ टेक्नोलोजीले फोनमा हुने मेमोरीको समस्यालाई पनि समाधान गरेको कम्पनीको भनाइ छ । यसको अर्थ, फोनमा भएको ६ जीबी र्‍यामलाई अर्को ६ जीबीसम्म बढाउन मिल्छ ।

कम्पनीका अनुसार यसमा डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र फुलएचडी प्लस रेजोलुसन रहेको छ । ‘३३ वाटको सुपर भोक चार्जिङसहित आउने यो फोन सेग्मेन्टमै सबैभन्दा चाँडो चार्ज हुनेमा पर्छ’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘फोन फुल चार्ज हुन जम्मा ८८ मिनेट र आधा चार्ज हुन जम्मा ३१ मिनेट लाग्छ ।’ ५ हजार एमएएचको ब्याट्री भएको यो फोनमा ५० एमपीको एआई क्यामराले स्तरीय तस्बिर खिच्ने कम्पनीको भनाइ छ ।

नार्जो एन ५५ मा ३३ वाटको फास्ट चार्जिङ, ६४ एमपीको एआई क्यामरा, मिडिया टेक हेलियो जी ८८ चिप सेट र १२ जीबीसम्मको डाइनामिक र्‍याम उपलब्ध रहेको साओमीले जनाएको छ । कम्पनीका अनुसार ९० हर्जको फुल एचडी प्लस डिस्प्ले छ । यसमा २ एमपी रेजोलुसनयुक्त ‘ब्ल्याक एन्ड ह्वाइट’ लेन्स भएको ८ एमपीको सेल्फी क्यामरा पनि छ ।

५ हजार एमएएच ब्याट्री रहेको यो फोन २९ मिनेटमै ५० प्रतिशत चार्ज हुने र ६३ मिनेटमा फुल चार्ज हुन्छ । ४ प्लस ६४ जीबी स्टोरेज क्षमता भएको नार्जो ५३ मोडलको मूल्य १५ हजार ९९९ रुपैयाँ र ६ प्लस १२८ भेरियन्टको मूल्य १८ हजार ९९९ रुपैयाँ छ । त्यस्तै ४ प्लस ६४ जीबी स्टोरेजसहितको नार्जो एन ५५ को मूल्य २० हजार ४९९ र ६ प्लस १२८ भेरियन्टको मूल्य २४ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित समय : ०९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु